२०७९ भाद्र १९, आईतवार १२:०१

कपिलवस्तु
बार्षिक ५३ हजार बढी बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनु पर्ने माग गरिएको छ । अस्पतालद्धारा पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका मेसु डाक्टर किशोर बन्जाडोले सो माग गरेका हुन । २ बर्ष अघि सरकारले कपिलवस्तुलाईलाई ५० बेडको बनाएको थियो । अस्पतालमा सिटी स्केन र डार्ईग्नोपसिस सेवा, बिस्तार गर्नु पर्ने उनले बताए । बिरामीहरुको चाप हुने कपिलवस्तु अस्पताललाई सय बेडको बनाई सेवा सुबिधा बिस्तारमा सबैले साथ दिनु पर्ने बताए । उनले सार्वजनिक सुनुवाईमा आएका बिभिन्न गुनासाहरु सम्बोधन गरिने बताए ।

उनले अस्पतालमा १० बेडको आईसियु सहीत उपचारको सेवा रहेको
बताए । १ सय ४० कर्मचारी रहेको अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गरेको उनले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पतालको विकासमा आफनो सदा साथ रहेने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले कोरोना कालमा अभियानमा ७० लाख भन्दा बढीको नगदी र जिन्सी समान संकलन गरी ६७ लाख बराबरको सरसामान बाडेको बताए ।

सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अस्पतालको विकासमा सघ, प्रदेश र स्थानीय पालिकाले समेत साथ दिनु पर्ने बताए । सो अवसरमा अस्पतालका डाक्टर तथा सुचना अधिकृरी गणेश क्षेत्रीले न्युनतम सेवा मापदन्डमा कपिलवस्तु ८७ अंक सहीत लुम्बिनी प्रदेश मै पहिलो र नेपालको चौथो रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय