दाङ —
तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ३ साततलेस्थित सडक छेउको भीरबाट खसेर शनिबार राति तुलसीपुर ५ का ३४ वर्षीय नवीन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
साथीसँग मोटरसाइकलमा घुम्न गएका केसी सडक छेउमा उभिएर टिकटक बनाउन लाग्दा लडेर भीरबाट ८० मिटर तल खसेको प्रहरीले बताएको छ । घाइते अवस्थामा फेला परेका केसीको अस्पताल पु¥याए लगत्तै राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।