२०७९ भाद्र २३, बिहीबार १६:१८

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । केही घण्टादेखि कार्यदलको बैठक जारी छ ।

बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बसेको हो । आज कार्यदलले सिट बाँडफाँटसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ ।

१६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनका दलहरूले २ सय भन्दा बढि क्षेत्रमा दाबी गरेपछि कार्यदललाई सहमति निकाल्न सकस परेको छ । जसमा नेपाली कांग्रेसले सय, माओवादी केनद्रले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५र२५ सिट दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय