२०७९ भाद्र २६, आईतवार १२:१७

रुपन्देही । बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक भारतको महाराष्ट्र प्रदेशमा भेटिएका छन् ।

शुक्रबार विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क नभएको परिवारले जनाएका थिए ।

सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएको परिवारले खबर दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

बालकहरु भेटिएको परिवारले जानकारी दिए पनि उनीहरु आफै गएका हुन वा अरु कसैले लगेको हो भन्ने खुल्न बाँकी रहेको केसीले बताए । घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र बालकलाई कसैले लगेको वा आफै गएको भन्ने खुल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय