कपिलवस्तु, भदौ २५ लक्ष्मण सापकोटा
कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन सम्पन्न गरिएको हो । स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलले मायादेवी हव कन्भेन्सन गरेको हो ।
कपिलवस्तु र रुपन्देहीका ७ विद्यालय केस स्टडीका लागि र २ वटा विधालय अवलोकनका लागि सहभागी भएका थिए । प्रतियोगितामा करिव २ सय भन्दा बढी विद्यार्थीले भाग लिएको जनाईएको छ ।
सहभागी विद्यार्थीहरुले प्यानल डिस्कसनको क्रममा अतिरिक्त क्रियाकलापमा भाग लिने, विद्यालयमा अनुपस्थित, भाषा शुद्धताको कमी जस्ता केसहरु उठाई आफै समाधानका लागि गर्नुपर्ने उपायहरुको बारेमा प्रोजेक्टर मार्फत स्पष्ट पारेका थिए । कार्यक्रममा क्विज, हिज्जे, अभिनय, अन्य विधा गरि ९ विधामा प्रतियोगिता गराएको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाई समिति कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे र समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले यो कार्यक्रमले विद्यार्थीहरुमा श्रृजनशील क्षमताको विकास हुने बताउनुभयो । एस.क्यु.सी. कपिलवस्तुमा अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलका सल्लाहकार संयोजक रबि बहादुर काफ्ले, प्याब्सन केन्द्रिय सदस्य लेखनाथ पौडेल, प्याब्सन बाणगंगाका अध्यक्ष सुरेन्द्र पाण्डे, क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, विभिन्न सदस्य विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक लगायतले मन्तब्य राख्दै कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सिक्ने अवसर पाएको र सिक्ने ईच्छा शक्तिमा समेत वृद्धि भएको बताउदै कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।
त्यस्तै मायादेवी हव कन्भेन्सनका हव संयोजक तथा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुल तोलाकान्त डुम्रेले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम निकै फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । विद्यालयका कन्भेन्सनका सहायक निर्देशक तथा ईभेन्ट म्यानेजर धुर्व प्रसाद नेपालको सम्पुर्णलाई स्काईलार्कमा स्वागत गर्दै मन्तब्य राख्नुभएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पुरीको सहजिकरण तथा शिक्षक राम प्रसाद अधिकारीको सञ्चालनमा ७ औँ मायादेवी हव कन्भेन्सन सम्पन्न भएको हो ।