नेपालगञ्ज,
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा निर्वाचनको माहोल तातिँदै गएको छ। विशेषगरी विभिन्न पार्टीका चर्चित अनुहार (भीआईपी)ले ‘टिकट पाउने र जित्ने’ कुराको सम्बन्धमा बढी चर्चा हुने गरेको छ।
सर्वसाधारणले चिया पसलदेखि लिएर विभिन्न सभा–समारोहमा समेत चुनावी चर्चा गर्ने तथा आफ्नै किसिमको अड्कलबाजी गर्न थालेका छन्। पश्चिम नेपालको केन्द्र मानिने बाँकेमा चुनावी माहोलले बिस्तारै लय समात्न थालेको छ। विभिन्न दलहरूले उम्मेदवार सिफारिस गर्न थालेसँगै गठबन्धनबाट को कस्ले टिकट पाउँछ र कस्ले चुनाव जित्छ भन्ने कुरालाई मतदाता एवं सर्वसाधारणले निकै चाँसोका रूपमा हेरेका छन्।
हालै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनले अत्यधिक मत ल्याएकाले य
हाँको तीनवटै क्षेत्रलाई विजयी हुने क्षेत्र मानेर ग्रिन जोनमा राखिएको छ। क्षेत्र नम्बर १ र २ मा गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएकाले यस पटक पनि ती क्षेत्रमा ती पार्टीहरू कै दाबी रहने अड्कल गरिएको छ।
२०७९ भाद्र २७, सोमबार १२:३३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech