२०७९ भाद्र ३१, शुक्रबार १२:१२

कपिलवस्तु, भाद्र
नागरिकता बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि प्रतिलिपि बनाउने चाप बढेको हो ।

कार्यालय प्रमुख नारायण पाण्डेले बताउनुभयो । कार्यालयमा सेवाग्राहीको भीड भएपछि भाद्र १३ गतेदेखि टोकन प्रणाली लागु गरिएको छ । नयाँ बनाउनलाई खासै समस्या छैन तर प्रतिलिपि बनाउनलाई ठूलो चाप रहेको छ । टोकन लागु गर्नु अघिका सात सय र टोकन लागु गरेदेखि एक हजारभन्दा बढीको नागरिकता बनाउने चाप रहेको बताइएको छ । सूचना अधिकृत हिमलाल विश्वकर्माका अनुसार नागरिकता लिने व्यक्तिको अत्यधिक चापले सेवाग्राहीलाई धेरै समय लाग्ने गरेको बताउनुभयो । दसैं र तिहारमा बिदा धेरै भएको कारणले नागरिकता लिन लामो समय कुर्नपर्ने बाध्यता रहेको छ ।

नागरिकता लिन कार्तिक १६ गतेसम्मको टोकन वितरण भएको विश्वकर्माले बताउनुभयो । तर विदेश जाने, अपाङ्गता भएका, वृद्ध, अशक्त, जटिल समस्या भएका नागरिकलाई भने समयमा नागरिकता उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय