नारायण पाण्डे
कपिलवस्तु असोज ६ ।
कपिलवस्तुको बाणगंगा १ बैरियामा जारी टिभिएस एक्सचेन्ज मेलाले सबैको मन जित्दै अघि बढेको सञ्चालक मनोज पौडेलले बताउनुभएको छ । यहि असोज ३ गतेबाट असोज ८ गते सम्मका लागि सञ्चालन भईरहेको एक्सेन्ज मेला अपेक्षा भन्दा निकै राम्रो भएको उहाको भनाई छ । बाणगंगा १ मायादेबी रिसोर्टमा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको आयोजना तथा जगदम्ब मोटर्स समन्वयमा ग्राण्ड एक्सचेन्ज मेला सञ्चालनमा आएको हो ।
ग्राहकहरुले कुनै पनि कम्पनीको पूरानो आफ्नो साधन साटे्र टिभिएसको स्कुटर वा मोटरसाईकल चढ्न सक्ने सञ्चालक पौडेलले बताउनुभयो । बिक्री मात्र होईन बिक्री पश्यात ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको उहाले जानकारी दिनुभयो । ५ बर्षको ग्यारेन्टी , अन्य कम्पनीको ब्राण्ड भन्दाच फरक , धेरै राम्रो माईलेज ,स्मार्ट कनेक्सन ,किफायती र पार्टपूजा सहजै उपलब्ध हुने भएकोले टिभिएस ग्राहकहरुको पहिलो रोजाईमा पर्दैे आएको सञ्चालक पौडलले दाबी गर्नुभयो ।
बिभिन्न चाडपर्बको अबसरमा ग्राहक लक्षित गरेर बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उक्त कार्यक्रममा ५० वटा टिभिएसका मोटरसाईकल , स्कुटर बिक्री गर्ने लक्ष्य राखेकोमा उक्त तार्गेट पूरा भई थप बिक्रि हुनेमा बिश्वस्त रहेको जानकारी दिनुभयो । ग्राहकले आफ्नो सवरी साधनको एक्सचेन्ज गर्दा बजार मूल्याकंन भन्दा रु ७ हजार थप गरि बबाल फाईनान्स गर्दा न्यूनतमा २० प्रतिशत डाउन पेमेन्टमा तथा मासिक जम्मा रु ४२७७ मा स्पर्ट फाइनान्सको सुबिधा लगाएत अन्य धेरै उपहार समेत प्रदान गरिने यस कार्यक्रममा टिभिएसले भदौ २० गते देखी लागु हुने चाडपर्ब लक्षित कायापल्ट नामक बिशेष योजना समेत सार्बजानिक गरेको छ ।
यो योजनामा कुनै पनि मोडल खरिद गर्दा ५ पटक सम्म पुरस्कारहरु प्राप्त गर्न सकिने छ । खरिद गर्नु अघि १ लाख ,खरिद पछि १० लाख साथै हरेक दिन योजना बारे सोधपुछ गर्न एक जना भाग्यसाली बिजेतालाई रियल मिसि ३० स्मार्ट मोबाईल ब्यवस्था गरिएको छ । र भाग्यसाली एकजनालाई बम्फर उपहार स्वारुप ५० लाख नगद पुरस्कार उपलब्ध गराईने सञ्चालक उमानाथ पौडेलले बताउनुभयो । टिभिएसका हाल न्यूनतम १ लाख ४२ हजार देखी ८ लाखका सम्मका बिभिन्न मोडलका मोटरसाईकल तथा स्कुटरहरु बजारमा छन । बाणगंगा १ बैरियामा रहेको बाणगंगा अटो ट्रडेर्स पछिल्लो समय कपिलवस्तु सहित छिमिकी जिल्लाका गा्रहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ ।
२०७९ आश्विन ६, बिहीबार १९:१२
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech