२०७९ आश्विन १३, बिहीबार ०८:२९

गुल्मी, असोज १३ गते ।
दशैं तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले बजार अनुगमनलाई तिब्रता दिएको छ । विशेषगरी जिल्लाको सदरमुकाम तम्घासमा रहेको बजार क्षेत्रमा अनुगमनलाई तिब्रता दिएको हो । विभिन्न चरणमा तम्घासका खाद्य एवम् पेय पदार्थ भएका पसलहरुको जिल्ला प्रशासन कार्यालयले आफ्नै ढङ्गबाट अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार खाद्यान्न तथा किराना पसलहरु र पेय पदार्थ भएका पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ब्यापारीहरुले बिक्रिका लागि राखिएका म्याद गुज्रिएका अखाद्य बस्तु भेटिएको अनुगमन टोलीले जनाएको छ ।

चाडपर्वलाई भड्किलो र खर्चिलो नभई साधारण रुपमा मनाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चाडपर्वमा शान्ती सुरक्षा र अमनचयनका लागि प्रशासन कार्यालय प्रतिबद्ध समेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । यता, जिल्लाका स्थानीय तहहरुले पनि बजार अनुगमनलाई तिब्रता दिएका छन् । स्थानीय तहहरुले आफ्नै तरिकाबाट आफ्नो बजार क्षेत्रमा खाद्यन्न पसलहरुको अनुगमन तथा निगरानी गरेको जिल्लाका स्थानीय तहहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय