(नारायण पान्डेय) कपिलवस्तु, १५ असोज ।
शुक्रवार पनि बाणगंगा नगरपालिकाको अनुगमनलाई निरन्तरता दिएको छ । वाणगंगा नगरपािलकामा रहेका एग्रोभेट, औषधी, फलफूल, तरकारी र किराना पसल होटेल अनुगमन गरीएको हो । वाणगंगा नगरपालिकाको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ । नगरभित्र रहेको पसलहरुमा गएर सामानको बिल,मुल्य सुचि,साईनबोड,नापतौलको प्रमाण, म्याद नागे नागेको सामाग्री,सामानको गुणस्तर, बाल श्रमिक भए नभएको ,अनुमति पत्र, पसलका विल लगायत रजिटस्ट्रेसन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।
अनुगमन गरिएका पसलहरुमा मुल्यसूचि नभएको, सरसफाइमा कमि, म्याद नागेका लगायतका सामाग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा नगरपालिकाका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।