२०७९ आश्विन २५, मंगलवार १३:०५

काठमाण्डौ –
नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा २६ जना संक्रमित निको भएका छन् । अहिले सक्रिय संक्रमितको सङ्ख्या पाँच सय ६९ छ । अहिलेसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार तीन सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १२ हजार १८ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय