२०७९ आश्विन २६, बुधबार ११:३५

कपिलवस्तु
नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन मङ्गलवार वाट सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्ता सम्म राष्ट्रिय महाधिवेशन हुने पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले बताए ।

महाधिवेशनको उद्धघाटन समारोहमा स्वागत मन्तव्य दिँदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा९विषम०ले पार्टी भित्रका केही व्यक्तिहरूले क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र गरेर पार्टी फुटाउने रणनीति बनाएको आरोप लगाए । सुदर्शन,कन्चनहरू क्रान्ति सँग डराएर साम्राज्यवादको सरणमा पुगेको बताए । १२ वर्षे जनयुद्ध र आठ वर्ष सम्म एकीकृत जनक्रान्ति गरेर अघि बढेको बुढाले बताए ।

काठमाडौँको खुल्ला मञ्चमा आयोजना गर्ने भनिएको अधिवेशन अदालतबाट नेकपाका नेताहरूलाई माथि पक्राउ पुर्जी जारी भएपछि शिवगढी सारिएको बताइएको छ ।महाअधिवेशनमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदन,एमसिसि , आगामी निर्वाचन र नेतृत्व चयनको विषयमा छलफल हुने केन्द्रीय सदस्य भेषराज भुसालले बताए । सरकार सँग भएको सम्झौता विरुद्ध सरकारले नेताहरूमाथि धरपकड गर्न लागेको भुसालले बताए ।
महाअधिवेशनमा भाग लिन देश विदेशबाट ७ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका छन् । महाधिवेशनको भोलि देखि बन्द सत्र सुरु हुने आयोजकले बताएको छ । राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा सोमबार केन्द्रीय पुस्तकालयको उद्घाटन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय