आश्विन गुल्मी ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेदवार गोकर्णराज बिष्टले प्राकृतिक प्रकोप तथा मौसमी विपदले निम्ताएको बाढी पहिरोले अवरुद्ध सडकलाई उदाहरण देखाएर गरिएको विकासको अवमूल्यन नगर्न सुझाव दिएका छन् ।
तम्घास सिमलटारी सडक आफ्नै पहलमा पिच गरिएको र पुल बनिनसकेका कारण विभिन्न खोलाहरुमा यातायात सुचारु गर्न कठिन भईरहेको अवस्थालाई ध्यानमा राखी आफुले ठाउँ–ठाउँमा पुलहरुको योजना पारेर काम सुरु हुने चरणमा रहेको बताएका छन् । उनले क्षेत्र नम्वर २ विकासको तिब्र चरणमा रहेको दाबी गर्दै अधुरा विकास पूरा गर्न र जनताले चाहे जस्तो थप विकास गर्न पनि आफ्नो उमेदवारी जनताका लागि आवश्यक रहेको दाबी गरेका छन् ।
२५ औं वर्षसम्म आफुले आफ्नो क्षेत्रबाट नेतृत्व गरेको भ्रम फैलाएको तर, आफुले करिव ११ वर्ष सम्म नेतृत्व गरेको र यस अवधीमा थुप्रै विकासका काम गरेको उनको जिकिर छ । नेता बिष्टले आफुप्रति जनताको अपार माया र सद्भाव रहेकोले पनि आफुले चुनाव जित्ने अरु कुनै आधार देखाउन नपर्ने बताए ।