२०७९ आश्विन २८, शुक्रबार १३:४९

नारायण पान्डे कपिलबस्तु,
बाणगंगा नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियान तिब्रताका साथ संचालन गर्ने भएको छ । बाणगंगा नगरपालिका भित्र हाल सम्म डेंगु संक्रमित ६० जना रहेको भन्दै नगरभित्र डेंगु अझै महामारीका रुपमा फैलन सक्ने भएकाले अभियान संचालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा भएको एकिकृत भेक्टरबर्न रोग सम्बन्धी स्वास्थ्यकर्मी, महिला, स्वास्थ्यस्वंयसेविका तथा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम यस्तो जानकारी गराइएको हो ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बोल्दै पालिका भित्र अझै पनि डेंगु महामारीको रुपमा फैलिन सक्ने आंशका रहेको बताउनुभयो । डेंगु नियन्त्रणको लागि नगरपालिकाको विपद् व्यवस्थापन कोष मार्फत पनि काम गर्न सकिने भन्दै आफुहरु तमतयार अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय