कपिलवस्तु , नारायण पाण्डे
चाँडपर्वलाई लक्षित गरि कपिलवस्तुका मुख्य बजार क्षेत्र संगै ग्रामिण भेगमा कालोबजारी मौलाएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सिर्जना भइसकेको छ । उपभोग्य वस्तुहरुको मुल्य आकाशिएको छ । चर्को मुल्य र कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका छन् ।
मुल्य बृद्धि र कालोबजारी नियन्त्रणका लागि सरोकारवाला निकायले कुनै कदम नचाल्दा यसमा संलग्न ब्यापारीहरु मालामाल भएका हुन् । दसैको बेलामा बजार अनुगमन भएपनि तिहार नजीकदै जांदा अनुगमन ले निरन्तरता पाउन नसक्दा कालो बजारी ग्रर्नैहरु मौलाएका छन् ।
यता जिल्लाका मुख्य व्यापारिक क्षेत्र चन्द्रौटामा मा पसलै पिच्छे हरेक वस्तुमा मुल्य फरक हुनुले पनि समस्या निम्त्याएको शिवराज नगरपालिका चौन्दौटाका समाज सेबी बिष्नु खतिवाडा बताउछन् ।
उपभोक्ताहरु भारतीय बजारहरु खुनुवा, शोहरतगढ, कृष्णनगरबढनी, बर्डपुर लगातय किनमेलका लागि जाने क्रम बढेको छ । त्यँहा पनि भारतीय सुरक्षाकर्मीले सताउने गरेको उभोक्ताहरु गुनासो गर्छन् ।
उद्योग ब्यपार संघ कपिलबस्तुका अध्यक्ष होम नाथ पौडेल ले कालोबजारी रोक्नका लागि सहयोग गर्न आफहरु तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् । दैनिक उपभोग्य बस्तुहरुको मुल्य दिनै पिच्छे फरक हुने भएकाले मुल्य सुची राख्ने कार्य अब्यवाहारिक भएको पौडेको को भनाई छ ।