२०७९ कार्तिक २१, सोमबार १४:१०


२१ कात्तिक,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएर सीतालाई घर लगिएको थियो ।सीताको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय