२०७९ कार्तिक २६, शनिबार ०९:१५

कात्तिक २६
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
मतदानका लागि नौ दिन बाँकी रहँदा नेपालगञ्ज नाका हुँदै पश्चिम नेपालका सयौं युवाहरु रोजगारीका लागि भारततर्फ जान बाध्य छन् । भारतबाट निर्वाचनमा सहभाग िहुन स्वदेश फर्किने र रोजगारीका लागि भारत छिर्ने युवाहरुको सङ्ख्या धेरै छ ।

रोजगारीका लागि भारत गएकाहरु मतदान गर्न फर्किने र खेतीपातीको काम सकेर रोजगारीको खोजीमा भारत छिर्ने नेपाली युवाहरुका जमात देख्न सकिन्छ, नेपाल–भारत जमुनाहा नाकामा । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले देश चुनावमय बन्दै गएको बेला पनि दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि भारत गइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय