२०७९ मंसिर १६, शुक्रबार ०९:०२

कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा अवस्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनले डेढ दशकको यात्रातय गरेको छ । वि.स. २०६५ सालमा स्थापित यस विद्यालयले बुधबार आफ्नो १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले स्थापनाको छोटो समयमा नै विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो । विद्यालयले औपचारिक शिक्षासंगै स्थानीय लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र हस्तान्तरणमा समेत महत्वपूर्ण टेवा दिएको भन्दै चौधरीले विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयलाई स्थानीय आवश्यकता अनुरुपको प्राविधिक तथा व्यवसायिक धारको शिक्षा समेत सुरुवात गर्न सुझावदिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरेर राष्ट्रलाई नै महत्वपूर्ण योगदान दिएको बताउनुभयो । वडाध्यक्ष टण्डनले विद्यार्थीहरुलाई उनिहरुको रुची, अन्तर इच्छा र क्षमता अनुसार नै सिक्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो । टण्डनले नगरका भित्रका विद्यालयहरुले विद्यार्थीहरुलाई प्रदान गर्ने प्रमाणपत्र र जन्मदर्ता मा जन्ममिति फरक पर्दा नागरिकताको लागि सिफारिस दिन समस्या परेको बताउदै जन्ममितिमा एकरुपता ल्याउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा अभिभावक हिमलाल बेल्बासे, पूर्व शिक्षक ओम प्रकास पौडेल, माया पाण्डे लगायतले विद्यालयलाई सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय