२०७९ मंसिर २२, बिहीबार ०७:१७


कपिलवस्तु
कपिलवस्तुमा एमाले झन बलियो भएर उदाएको छ । मधेसबादी दलका नेताहरुलाई धमाधन ताने पछि एमाले जिल्लामा शक्तिशाली बनेको हो । गत मंसिर ४ गते निर्वाचन अघि बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेको परिणाम अहिलेको निर्वाचनमा देखिएको हो ।

जसले कपिलवस्तुमा नेकपा एमाले बलियो राजनीति शक्तिका रुपमा उदाएको छ । लामो समय बर्चश्व कायम राखेका मधेस कन्द्रित दल कमजोर बन्दा त्यसको फाइदा एमालेले उठाएको छ । जिल्लाका प्रभावशाली नेता बृजेश कुमार गुप्ता, मंगल प्रसाद गुप्ता, दानबहादुर चौधरी, दीर्घनारायण पाण्डेय, मधुसुदनशरण चौधरी, बरजंगी प्रसाद कुर्मी, धर्मबहादुरलाल श्रीवास्तव लगायतका नेताहरु एमाले भित्रिदा यसको फाइदा एमालेले उठाएको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यमा निर्वाचन जित्दै एमाले बलियो शक्तिका रुपमा उदाएको हो ।कम्युनिष्ट पार्टीले जिल्लामा इतिहासमै सबैभन्दा बढी सिट जित्न सफल भएको निर्वाचन नै यही भएको छ ।

चुनावमा एकल चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेले बलियो शक्तिको रुपमा रहेको बाम–लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्न सफल भएको हो । नेपालमा बहुदल आए पश्चात भएका हरेक चुनाव नियाल्दा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पटक धेरै सांसद जित्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय