२०७९ पुष ९, शनिबार ०९:००

बुटवल ९ पुस नौ बर्ष अघि रुपन्देहीमा रहदा भ्रष्टाचार गरेको अभियोग लागेका तत्कालिन प्रहरी नायव उपरिक्षक९डिएसपी रामेश्वर यादवलाई सर्बोच्च अदालतले दोषी ठहर गरेको छ।हाल सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुखको रुपमा रहेका नेपाल प्रहरीका उपरीक्षक एसपी यादवलाई बिशेष अदालतले सफाई दिएको भएपनि सबोच्च अदालतले उल्टाउदै दोषी ठहर गरेको छ।हाल उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन्।

२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला लागु औषध मुद्धा मिलाउने भन्दै १ लाख पचास हजार लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो।पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको थियो ।सबोच्चले ४ महिना कैद र विगो वमोजिमको जरिवानाको फैसला गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय