काठमाडौं । विदेशमा रहेका प्रवासीले पनि नेपालमा आईपीओ भर्न सक्छन् । कुनै पनि कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्दा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड ९छैठौं संशोधन० निर्देशिका, २०७९ अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीले आईपीओ भर्न सक्छन् । यसका लागि सम्पूर्ण सी(आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सी(आस्बा प्रणालीमा आफ्ना ग्राहकको रेमिटेन्स बचत खाता तथा सोका लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्ट गर्ने व्यवस्था ल्याइएको छ ।
आज हामी कस्तो प्रक्रिया पूरा गरेका व्यक्तिले विदेशबाट आईपीओ भर्न सक्छन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।
आईपीओ आवेदनका लागि यी मापदण्ड पूरा गर्नुपर्छ
१ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा ९ब्क्द्यब्० सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण ९रेमिटेन्स० बचत खाता खोल्नुपर्ने छ ।
२ सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य ९डीपी० मार्फत आफ्नो नाममा हितग्राही ९डिम्याट० खाता खोल्नु पर्नेछ ।
३ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण ९रेमिटेन्स० बचत खाताको लागि बैंकमार्फत सी–आस्बा रजिष्ट्रेशन नम्बर ९ऋच्ल्० लिनु पर्नेछ ।
४ सीआरएन नम्बर प्राप्त गरिसकेको आवेदकले मेरो शेयर एपमार्फत आईपीओ खरिद गर्नसक्ने व्यवस्था छ । आफ्नो विप्रेषण ९रेमिटेन्स० बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ । आवेदकले आईपीओ निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।