२१ कार्तिक,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाईले अनुमति पाएको छ ।
क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान र अवतरण गर्नुपर्छ ।
एरो थाइले क्लालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए । उनका अनुसार एक महिनाभित्रै परीक्षण उडान हुनेछ ।
एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउँछ ।
आगामी २२ नोभेम्बरमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक साता अवधिको हुनेछ । रासस
२०७८ कार्तिक २१, आईतवार १६:०६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech