२०७८ मंसिर १७, शुक्रबार १३:४०

मंसिर १७,काठमाण्डौ
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ ।
अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ ।यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागू गरिएको बीबीसीले जनाएको छ । साथै राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोपसम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय