२०७८ चैत्र १०, बिहीबार १५:१६

तौलिहवा, १० चैत्र । जिल्लाको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पताल न्युनतम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षामा लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अंक प्राप्त गरी प्रदेश मै पहिलो भएको हो ।

लुम्बिनी प्रदेश अस्पतालहरुको न्युन्तम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुबास पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन ।

उँहाले भन्नुभयो चालु आर्थिक बर्षको साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नजिता अनुसार कपिलवस्तु अस्पताल प्रदेश कै उत्कृष्ट बनेको हो । कपिलवस्तु अस्पतालले कुल ९ सय ३९अंक हासिल गरेको उहाँले बताउनुभयो । ‘कपिलवस्तु अस्पतालमा पहिलो भन्द धेरै नै सुधार भएको पाण्डेयले बताउनुभयो ।

अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक वडा पत्र सेवाको सन्तुष्टी लागतयका राम्रो कुराहरु देखिएको उहाँको भनाई छ । सोही अवधिमा बर्दिया अस्पतालले भने ८६ अंकसहित दोश्रो भएको उहाँले बताउनुभयो ।

अस्पताल प्रदेश मै उत्कृष्ठ भएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशिनसमेत हुनु निकै सकारात्मक कुरो भएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो अस्पतालले बिरामीहरुको बिश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताउनुभयो ।

छ महिनाको अवधिमा २५ हजार बढी बिरामीलाई सेवा दिनु आफैँमा राम्रो काम भएको एचडिका फोकल पर्सन कौलश भण्डारीले बताउनुभयो । उहाँले अस्पतालमा तथ्यांकहरुको राम्रो ब्यवस्थापनसहित केही कुरा सुधार गरिए कपिलवस्तु अस्पताल देश कै नमुना बन्ने बताउनुभयो ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा प्रतिबद्धता भन्दा पनि राम्रो सेवा दिएर जनताका मन जित्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले सबैको अथक प्रयासपछि अस्पताल प्रदेश मै पहिलो बन्न सफल भएको भन्दै खुशी ब्यक्त गर्नुभयो । अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी ब्यवस्थापनमा भने समस्या आएको उहाँले बताउनुभयो ।

विगत वर्षहरुमा जस्तै सघ र प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेकोले कर्मचारीहरुलाई तलब खुवाउन समेत गाह्रो परेको मेसु बञ्जाडेले बताउनुभयो । सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय