२०७८ चैत्र १६, बुधबार ११:४६

काठमाडौं १६ छैन । हाल देशमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू९भागका केहि स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

त्यस्तै राती प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू९भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

यता शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू९भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू९भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय