२०७९ बैशाख ८, बिहीबार १३:४३

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो । बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो । लहरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय