२०७९ श्रावण ५, बिहीबार १६:५१

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले महँगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताएका छन् । आज ९बिहीबार० प्रतिनिधिसभामा सांसद ज्ञवालीले महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेको बताएका छन् । उनले भने, ‘यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम भएन । मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको छ । आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् रु खोइ सरकारको ध्यान गएको । सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ।’

महँगीले मध्यम वर्गलाई समेत समस्या परेको बताए । उनले भने, ‘सत्तापक्षका कतिपय नेताहरुको संवेदनहिनताका कारण असाध्यै आहात तुल्याएको छ । महंगी सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ होस् । अहिलेसम्म किसानको हातमा मल छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।’

सरकार मूल्य नियन्त्रणका सवालमा गैरजिम्मेवार र अनुत्तरदायी भएको उनको भनाइ छ । ‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् ।

सिन्डिकेट छ, कार्टेलिङ छ । कार्टेलिङलाई तत्काल अन्त्य गर्न जरुरी छ,’ उनले भने । उनले नले केही दिनअघि आफूले दुई थरी तरकारी पकाउन सकिने अवस्था छैन भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरिएको बताए ।

‘मूल्य बढ्यो भन्दा स्वीकार गर्नुको साटो कसले यो विषय उठायो रु फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ कि ट्रोल बनाउनेतिर लाग्छन् । अस्ति मैले यही विषय सार्वजनिक कार्यक्रममा बोलेको थिएँ’, उनले भने, ‘साथीहरूले मैले अमेरिकामा खाना खाइरहेको फोटो छापेर दुई थरी तरकारीको कुरा गर्नुभो । त्यसो गरेर उहाँको भान्छामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।

’ उनले विषायान्तर गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ रु भन्दै प्रश्न गरे । महँगीको विषयमा छलफल गर्नुपर्ने बेलामा एम अधिकारी को हो भन्दै विषयान्तर गरिएको आरोप समेत उनले लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय