गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता बिधेयक अबिलम्ब स्विकृत हुनु पर्ने धारण राखेका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भएको नागरिकता बिधेयक किन स्विकृत भएको बारे आफुहरुले बुझ्नै नसकेको प्रतिक्रिया दिए ।
जिल्ला स्वास्थ्य कार्यालय भैरहवाद्वारा शुक्रबार आयोजित कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नै गृहमन्त्री खाँणले सबैको सहमतिमा ल्याइएको नागरिकता बिधेयक स्विकृत गर्न आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै उनले नागरिकता बिधेयक सबै राजनैतिक दलको सहमतिमा ल्याएको बताए । उनले पूर्व सरकारले ल्याएको बिधेयकमा सार्क मुलुक बाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको बिषयमा मात्र संशोधन गरि अन्य कुराहरु जस्ताको तस्तै रहेको बताए । एउटा सामान्य मानवको हैसियतमा पाउने सेवा सुविधबाट पनि यस्ता नागरिकहरु बञ्चित हुनु परेको बताउदै खाँणले उनिहरुलाई नया जिवन दिन बिधेयक स्विकृत हुन आवश्यक रहेको बताए ।