२०७९ आश्विन २, आईतवार १०:५२


बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कृषिको विकास विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । हेफर ईन्टरनेशनको आयोजानमा लुम्बिनीमा भएको उद्यमी सामाजिक उत्सव, पुरस्कार तथा सावारी साधान वितरण कार्यक्रमलाई संवोधन गर्दै प्रदेश प्रमुख शेरचनले कृषिबाट नै देश समृद्धिको परिकल्पना गर्न सकिने भन्दै सोही अनुसारको योजना विकास गर्नुको विकल्प समेत नभएको बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले कृषि तथा पशुपालन क्षेत्रबाट किसानहरुको साथै देशले समेत आर्थिक उपार्जनमा महत्पूर्ण भुमिका खेल्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै हेफर ईन्टरनेशनल नेपालका कन्ट्री डाईरेक्टर शुभनारायण महतोले कृषि तथा पशुपालन क्षेत्रमा हेफरको योगदान उच्चतम रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय