कास्की –
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा आज सोमवार बिहान भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो ।
पुलिसले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा १० ओभर २ बलमा पानी परेपछि खेल रोकिन पुग्यो । त्यसपछि बाँकी ओभरको खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । यसैबीच आजै हुने तय भएको प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशबीचको खेल पनि वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहेको छ ।