२०७९ कार्तिक २३, बुधबार ०२:५७

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी असपासमा भूकम्पको धक्का मशसुश भएको छ । बुधवार बिहान २ बजेर १४ मिनेटको आसपासमा भूकम्पको धक्का महसुश गरिएको हो ।

भूकम्पको धक्का कैलाली आसपासका जिल्लामा समेत महसुश गरिएको छ । भूकम्प गएपछि धनगढीमा सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।

झण्डै १० सेकेण्डसम्म हल्लाएको सर्वसाधारणले प्रतिक्रिया जनाएका छन् ।

भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुश भएको जनाएको छ ।

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय