कपिलवस्तु, नारायण पाण्डे
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर शाही ९बिजय०को अध्यक्षता तथा सचिव निर्मल शाहीको सन्चालनमा कार्यक्रम सम्पनन भएको हो ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले गाउँ गाउँमा स्थापना गरिएका सहकारीले आम नागरिको आर्थिक अबस्था उकास्न सहयोग गर्ने बताउनु भयो ।
उहाँले कृषिको माध्यम बाट आर्थिक उपार्जन गर्न सकिने भन्दै गाउँ बाटै विकासको यात्रा शुरु हुने बताउनु भयो ।निजी, सहकारी र सरकारी तिन किसीमकै अर्थब्यवस्थाको बिकास जति गर्न सकियो उतिनै मुलकको अर्थब्यवस्था माथि उकास्न सकिने बताउँदै सहकारीको माध्यमबाट देशको बेरोजगारी समस्या समाधान गर्न सकिनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।
यस्तै सहकारीले बर्तमान समयमा गरेको आर्थिक उपलब्धिको प्रशंसा गर्दै सांसद पन्थीले मुलुकका सबै सहकारीले अब उत्पादनका क्षेत्रमा लगानी गर्नका लागी सुझाब दिनुभयो । सहकारी मार्फत संकलन भएको सामुहिक बचतको सदुपयोग अब उत्पादन क्षेत्रमा केन्द्रिकृत गर्दै नेपाली अर्थतन्त्रलाई मजबुत बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै पन्थीले देश धनि भएमा समग राज्यकै ईज्जत बढ्ने पनि धारणा राख्नुभयो ।
यस्तै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्यले सहकारीले आर्थिक संगै सामाजिक दुबै क्षेत्रलाई समायोजन गर्दै अगाडी बढेको बताउनुभयो । बर्तमान समयमा कपिलवस्तुमा धेरै सहकारीको उदय भैरहेको अवस्थामा यसले अर्थतन्त्रलाई उकास्नमा ठुलो योगदान गरेको तर्क राख्नुभयो । यस्तै सहकारीका सल्लाहकार झलक मल्ल ठकुरीले सहकारी बिकास र बिस्तारका लागी बचत आवश्यक पर्ने भएकाले दर्शन बचत तथा ऋण सहकारी संस्था पनि शेयर सदस्यहरुको बिस्तारमा तत्परताका साथ लागेको बताउनुभयो ।
सुरुवाती चरणमा ३ सय २८ जना शेयर सदस्य रहेकोमा अहिले बढेर करिब १३ सयको हारहारीमा पुग्नु सहकारीको महत्वपुर्ण उपलब्धी रहेको बताउनुभयो । साधारण सभामा गत बर्षको प्रस्तावित कार्यक्रम र उपलब्धीका बारेमा सहकारी सचिब निर्मल कुमार शाहीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष मुक्ति बहादुर मल्लले गत बर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको र यि दुबै प्रतिबेदन सर्बसहमत बाट पारित पनि भएको छ । सहकारीको प्राङगणमा आयोजना गरिएको १५ औँ बार्षिक साधारण सभामार्फत ज्येष्ठ शेयर सदस्य महिला, पुरुष, असल ऋणी, असल बचतकर्ता, असल ब्यवसायी लगाएतलाई नगद र कदरपत्रले सम्मान गरिएको थियो ।