२०७९ पुष १८, सोमबार ०७:४७

काठमाण्डौ केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ ।

डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय