काठमाडौं । अन्तरिक्षमा आफ्नै भू उपग्रह ९स्याटलाइट० स्थापना गर्ने उद्देश्यका साथ सरकारले भू(उपग्रह राख्ने प्रक्रिया पुनः अगाडि बढाएको छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भू(उपग्रह नीति, २०७७ अन्तर्गत रहेर भू(उपग्रह स्थापना तथा व्यवस्थापनका लागि संस्थागत सरचना निमार्ण गर्न परमार्श माग गरेको छ ।
यसअघिसम्म भू(उपग्रहका लागि नेपाल दूरसञ्चार प्राधिकरणले काम गर्दै आएको थियो । तर, यसपटक भने मन्त्रालय आफैंले भू(उपग्रहको प्रक्रिया अघि बढाएको छ ।
भू(उपग्रहको काम मन्त्रालयकै हो, मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले भने, ुुयसअघिसम्म भू(उपग्रहका लागि कुनै पनि संस्थागत संरचना थिएन । त्यो हुँदा प्राधिकरणलाई जिम्मा दिइएको थियो । अब भने, यसको संस्थागत संरचना नै तयार पारेर अघि बढ्ने योजनाका साथ मन्त्रालय आफैंले प्रक्रिया अघि बढाएको छ ।ुु
अहिले माग भएको परमर्शदाताले नेपालको आफ्नै भू(उपग्रह स्थापनाका लागि संस्थागत संरचना कस्तो आवश्यक पर्छ, अफिस सेटअप कस्तो हुुनुपर्छ, कस्ता र कति जना कर्मचारी आवश्यक पर्छजस्ता विषयसहितको संस्थागत संरचना तयार पार्ने उनले बताए ।
अहिले नै भू(उपग्रह राख्ने प्रक्रिया अघि बढेको भन्ने होइन । तर, भू(उपग्रह स्थापनाका लागि आवश्यक कदमको सुरुवात भएको भन्न सकिन्छ,