२०७९ माघ १७, मंगलवार १४:०१

काठमाण्डौं । नेपाल भ्रष्टाचार झन बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मँगलबार सार्वजनिक गरेको तथ्याङ्कमा गतवर्षभन्दा ७ अंकले बढेर भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल ११० औँ स्थानमा परेको हो । यसअघि नेपाल ११७ औं स्थानमा रहेको थियो ।

भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क ९सीपीआई०–२०२२ मा १०० मा ३४ अंक पाएको नेपालले गत वर्ष ३३ अंक पाएको थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानले ६८ अंक पाएर २५ औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंक सहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । सोमालिया १२ अंक सहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।

प्रतिवेदनले शून्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी भ्रष्टाचारको सूचकाङ्क सार्वजनिक गर्ने गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय