(लक्ष्मण सापकोटा)
८ चैत, -जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनगाई साखाले ग्लोवल मनि व्यीक २०२३ सप्ताहको अवसरमा वित्तीय साक्षरतय अबिबृद्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय साक्षरता तथा क्षमता अबिबृद्धी भन्ने मुल उद्धेश्यको साथमा जनज्योती उच्च माध्यमिक विधालय मोतीपुर ११ र १२ मा मंगलवार व्यवस्थापन संकायमा अध्ययनरत बिधार्थीलाइ समावेस गरी कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी बुटवल ब्रान्चका अनुगमन अधिकृत तयेपबहादुर सुनारले बचत, बिमा, बिप्रेशण र कर्जाको सदुपयिकताको बारेमा जानकारी गराउनुभएको थियो ।



त्यस्तै कालौनी ब्रान्चका अनुगमन अधिकृत मदन घिमिरेले वित्तिय पहुँच र क्षमता अबिबृद्धीको बारेमा जानकारी गराउनुभएको हो । जनज्योती उच्च माध्यमिक विधालयका सहायक प्रधानाध्यापक नारायण घिमिरे, शिक्षक इन्द्रमणी पाण्डेको समन्वयमा सम्पन्न भएको कार्यक्रममा ५२ जना बिधार्थीको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका साखा प्रमुख सिमा न्यौपानेको अध्यक्षता तथा सदस्य दलबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।






