काठमाडौं -सञ्चालित बिमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणकाअनुसार जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । बिमा ऐन २०७९ मा बीमक नविकरण सम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने बिमा प्राधिकरणले जनाएको हो ।
यो व्यवस्था वैशाखदेखि लागू हुनेछ । तर, चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकी कम्पनीहरुले भने सो अवधिसम्मको लागि नवीकरण गर्नुपर्ने बताइएको छ । साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।









