गुल्मी, –
रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । मौसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो ।
मौसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाको लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।
मौसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिए । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।
काठमाडौं(रेसुङ्गा बिहान ६.३० बजे र रेसुङ्गा काठमाडौं ७.४० बजे उडान हुने गरेको छ । हरेक शुक्रबार उडान हुने यश विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेको छ ।