काठमाडौँ ।
नारायण नेपालको शब्द रहेको गीत ‘धोका दिई बैगुनीले’ सार्वजनिक भएको छ । पिरतीमा खेल गर्नेहरूको करतूत अनि धोका खानेहरूको आवाज बनेको गीतमा कर्णराज गिरीको स्वर तथा अनिल विरहीको संगीत छ ।
गीतको भिडियोमा सुबाश शर्मा, जिशु कोइराला, सञ्जीव भट्टराई लगायतको अभिनय छ । केबी भण्डारीको एरेन्ज रहेको भिडियोमा दीपक गिरीको छायांकन छ ।