कपिलवस्तु ।
ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा।ली। द्वारा बृहत् रूपमा तीज गीत प्रतियोगिता र सन्देशमुलक भिडियो को नतिजा प्रकाशन साथै दर खाने कार्यक्रम समापन गरिएको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बाणगङ्गा नगरपालिकाकी उप९प्रमुख रिता कुमारी चौधरीले नेपाली मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउदै हराउँदै गइरहेको धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्न शिक्षा अनिवार्य रहेको बताउनुभएको हो । उहाँले ब्राइट लुम्बिनीले आयोजना गरेको यस्तो कार्यक्रम बाट लुकेको क्षमतालाई प्रस्फुटन गर्न समेत महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगङ्गा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि।सी ले चाडपर्वको मौलिकपन नमासिने गरि सभ्य रुपमा मनाउनुपर्ने बताउनुभएको छ । उहाँले प्रतियोगितालाई निशपक्ष बनाउन पनि आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा बोल्दै संस्थाका प्रवन्ध निर्देशक असिम कडेल क्षेत्रीले संस्थालाई पुर्ण रुपमा विद्यार्थीको आवश्यकता र चाहाना बमोजिम अगाडि बढाइरहेको बताउनुभयो । संस्थाले उच्च शिक्षा र रोजगारको लागि मात्र नभएर विद्यार्थीका प्रतिभाहरुलाई समेत प्रस्फुटन गर्न यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
तीजको मौलिकपन र संस्थाको विशेषतालाई समेटेर प्रस्तुत गरिएको प्रतियोगिताको उपाधी हिमचुली समुहले जित्न सफल भएको छ । ६ वटा टोली सहभागि रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गरे सङ्गै उक्त समुहले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो बन्न सफल भएको गौरिशङ्कर समुहले ३५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी लालिगुरास समुह र सगरमाथा समुह तृतिय हुन सफल भएका छन । उनीहरुले २५।२५ सय नगद सङ्गै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।
त्यस्तै कार्यक्रममा संस्थाको सन्देशमुलक भिडियो प्रतियोगिताको नतिजा समेत प्रकाशन गरिएको थियो । २० जना प्रतियोगि मध्ये पुजा घिमिरे प्रथम हुन सफल हुनुभएको छ । उहाँले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ । त्यस्तै दोस्रो स्थान हासिल गरेको मनोज घिमिरे र सुमन पौडेलको समुहले ७ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सविता बेल्वासे तृतिय हुन सफल हुनुभएको छ । उहाँले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सान्तवना हुनुभएकी गिता भुषालले २५ सय नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।कार्यक्रमको समापनमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । मङ्गलबार ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा सेन्टरका संचालक असिम कडेल क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी हरि अधिकारीको संचालनमा सम्पन्न भएको हो।