२०८१ आश्विन ७, सोमबार ०७:०४

काठमाण्डौ 

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक ९डीआईजी० तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ ।

जोशीलाई हिजो काठमाण्डौबाट पक्राउ गरेलगत्तै प्रहरीले पोखरा लगेको हो । जोशीलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।

सहकारीको रकम दुरुपयोग सम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले हिजो निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय