काठमाण्डौ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंक र एशियाली विकास बैक ९एडीबी० बाट वित्तीय व्यवस्थापन नभए नेपाली नागरिकको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली नागरिकको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।
घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका पालिका, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी ९ब्लेन्डेड फाइनान्सिङ० को नमूना परियोजनाका रूपमा अगाडि बढाउन खोजिरहेको बताउनुभयो ।
एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणका लागि जग्गा अधिग्रहणलगायतको काम सकेर निर्माण कार्य शुरू भएको छ । आयोजना निर्माणका लागि ५३ अर्ब रुपैयाँको सम्झौता भएको छ ।