२०८१ फाल्गुन १४, बुधबार १५:४१

जापान।

केहिदिन यता बलियो बन्दै आएको जापानी येनको भाउ मंगलबार थप मजबुत बनेको छ। न्यूयोर्क विदेशी विनिमय बजारमा २५ तारिखका दिन जापानी येनको विनिमय दर एक समय १ डलर बराबर १४८ येनको मध्य भागसम्म पुगेको थियो। यो सन् २०२४ को अक्टोबरपछि करिब ४ महिनामा जापानी येनमा उच्च स्तरको येन मजबुती देखिएको हो।

सार्वजनिक भएको अमेरिकाको उपभोक्ताको आर्थिक अवस्था सम्बन्धी सूचकांक बजारको अनुमानभन्दा कमजोर देखियो।जसले लगानीकर्ताहरुलाई डलर बेचेर येन किन्ने वातावरण सिर्जना गर्यो। फलस्वरुप येनको भाउमा सुधार देखियो।

बजार विश्लेषकहरूका अनुसार, “ट्रम्प प्रशासनको भन्सार नीति सम्बन्धी अन्योलताको कारण गत सातादेखि नै अमेरिकाका व्यवसायहरू र उपभोक्तासँग सम्बन्धित आर्थिक सूचकहरू निरन्तर कमजोर देखिएका छन्। यसले गर्दा अमेरिकी केन्द्रीय बैंक ९फेडरल रिजर्भ – ँच्द्य० ले ब्याजदर घटाउने सम्भावना बढ्दै गएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय