२०८२ बैशाख २७, शनिबार १०:३२

बुटवल । आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । थाइल्याण्डको टेर्दथाई क्रिकेट मैदानमा वर्षाका कारण खेल समयमा सुरु हुन नसक्दा ५र५ ओभरमा घटाइएको छ ।

यसअघि नेपाल र हङकङको पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो । जसका कारण दुवै टिमले १(१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा हिजोदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको थियो । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको हो। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा रहेको छ ।
नेपालको प्लेइङ ११स् इन्दु वर्मा, रुविना क्षेत्री, राजमती ऐरी, रोमा थापा, कविता कुँवर, पुजा महतो, कविता जोशी, सबनम राई, सम्झना खड्का, रिया शर्मा, रुवी पोदार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय