सागर बेल्बासे कपिलवस्तु
बाणगङ्गा सामुदायिक पुस्तकालय को आयोजना र बाणगङ्गा नगरपालिका को सहकार्यमा अठारौं पुस्तकालय दिवसको अवसर पारि ” हाम्रो पुस्तकालय हाम्रो भबिस्य” शिर्षकमा माध्यमिक बिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
बाणगङ्गा नगरपालिकाको सभाहलमा भएको कार्यक्रम मा आयोजक संस्था बाणगङ्गा सामुदायिक पुस्तकालय का अध्यक्ष दिलिप कार्किको अस्वस्थताका कारण संस्थाका निमित्त अध्यक्ष दोलक बहादुर पछाइको अध्यक्षता भएको कार्यक्रम मा नेपाल सरकार का उपसचिव बाणगङ्गा नगरपालिका शिक्षा युवा तथा खेककुद शाखा प्रमुख एबम निमित्त प्रमुख प्रसासकिय प्रमुख खिम बहादुर जि सि ज्युको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिका रुपमा बाणगङ्गा नगर प्रज्ञा प्रतिस्ठान का सदस्य सुर्य भुसाल,ज्वतिष कृष्ण प्रसाद पाण्डे शैक्षिक ब्याक्तित्व दिप्ती ज्ञवाली,लक्ष्मणघाट माध्यमिक बिद्यालयका प्रधान अध्यापक कबिराज भन्डारी भुमी ब्यबस्थाका कपिलवस्तु अध्यक्ष झबिलाल पोख्रेल रहनुभएको थियो। विभिन्न माध्यम बाट सुचना प्रबाह गरिएको भएतापनी कार्यक्रम मा बाणगङ्गाका ११ वटा माध्यमिक बिद्यालय बाट मात्र निबन्ध प्रतियोगितामा सहभागीता भएको थियो।सहभागी बिद्यालयका अध्यापक क्रमस होराइजन इङलिस बोर्डिङ स्कुलाका कमल प्रसाद पोख्रेल ,जनता माद्यामिक बिद्यालय का बाबुराम घिमिरे ,आवर विज्डम इङलिस बोर्डिङ स्कुलका तारा प्रसाद पाण्डे ,हिलवर्ट बोर्डिङ स्कुलका तेज प्रसाद आचार्य ,ज्ञानपुन्ज इङलिस बोर्डिङ स्कुलका महेस पन्थ,लिटिल स्टार बोर्डिङ स्कुलका अनिल बर्मा,शुद्दोधन जन जीवन मा बि भलवाडका कमल पौडेल सुर्योदय मा बि बरोवाका कृष्ण खनाल,अन्नपूर्ण बिद्या मन्दिर कोपुवाका अशोक बेल्बासे बाणगङा मा बि लौगाइ,बाणगङ्गा मा बि गजेहडा लगायतका बिद्यालय प्रतिनिधि अतिथिका रुपमा रहनुभएको थियो।
कार्यक्रम मा संस्थाका सल्लाहकार संयोजक शैक्षिक ब्याक्तित्व बालाराम ज्ञवाली,संस्थाका कार्यसमिति सदस्य क्रमश अनन्त राज रेग्मी,त्रीलोचन घिमिरे ,राधिका आचार्य,लेखा संयोजक धर्मराज घिमिरे ,साहित्य संयोजक लेखनाथ घिमिरे आजिवन सदस्य बाबुराम कंडेल,ब्यबस्थापक चित्रा भण्डारी समेतको उपस्थिति मा भएको कार्यक्रम मा प्रमुख अतिथी खिम बहादुर जि सि ज्युले कार्यक्रम को ब्यानर वाचन गरि उद्घाटन गरिएको थियो। विद्यार्थीको लेखन तथा पठनपाठनमा सकारात्मक उर्जा प्रदान गर्दै “हाम्रो पुस्तकालय हाम्रो भबिस्य”शिर्षक मा ३०० शब्द नघटाइ १ घन्टा को समयावधि दिएर निबन्ध लेखन कार्यक्रम लाई प्राथमिकता दिंदै मन्तव्यका कार्यक्रम घटाइएको थियो।
शैक्षिक ब्याक्तित्व सुर्य भुसाल ज्युको संयोजकत्वमा ज्वतिष कृष्ण प्रसाद पाण्डे दिप्ती ज्ञवाली सहितको ३ सदस्यीय निबन्ध लेखन प्रतियोगिता को मुल्यांकन समितीले प्रतियोगितामा सहभागीको नतिजा अत्यन्तै बैज्ञानिक ढङ्गबाट प्रकासन गर्नुभएको थियो।आजको प्रतियोगितामा क्रमश हिलबर्ट इङलिस बोर्डिङ स्कुल कि एन्जिला पाण्डे प्रथम,ज्ञानपुन्ज इङलिस बोर्डिङ स्कुल का मिसन आचार्य दितिय,होराइजन बोर्डिङ स्कुलका अंकित पोख्रेल तृतीय तथा हतौसा लिटिल स्टार बोर्डिङ स्कुलकि प्रतीक्षा शर्मा सान्त्वना स्थान हासिल गरि नगद पुरस्कार संगै प्रमाणपत्र तथा सम्मान प्राप्त गर्न सफल हुनुभएको थियो भने अन्य सहभागी सबैलाई प्रमुख अतिथी ज्युको हातबाटै सहभागी प्रमाणपत्र सहित सम्मान प्रकट गरि प्रोत्साहन गरिएको थियो।
उत्कृष्ट नतिजा हासिल गरि प्रथम हुनुभएकी एन्जिला पाण्डेको निबन्ध बाचन गराइएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी जि सि ले अबको समय हरेक अभिभावक तथा विद्यार्थीले मुद्रित पुस्तक पठनपाठनमा जोड दिंदै विभिन्न सामाजिक संजाल का प्रयोगलाई मोबाईल हेर्ने रुटिङ्ग बनाउन आवस्यक रहेको धारणा सहित पुस्तकालय दिवसको सबैमा शुभकामना प्रदान गरि आफ्नो संक्षिप्त भनाइ राख्नुभएको थियो। अठारौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सबैलाइ मुक्तकको माध्यमबाट शुभकामना तथा अभिवादन सहित बाणगङ्गा सामुदायिक पुस्तकालय का सचिब बुद्दी सागर बेल्बासेको संचालन गर्नुभएको थियो भने संस्थाका साहित्य संयोजक लेखनाथ घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो।सबैमा पठनपाठन को बिकास गराउन पुस्तक र पुस्तकालय को महत्त्व लाइ प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग पुराउने सबैलाई धन्यवाद सहित कार्यक्रम का अध्यक्ष दोलख बहादुर पछाइले कार्यक्रम समापन गर्नुभएको थियो।









