आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीमा जानेको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
यो आर्थिक वर्ष सात लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। नयाँ श्रम स्वीकृति लिने चार लाख ९४ हजार २२४ छन्।
आर्थिक वर्ष २०७९र८० मा मलेसियाका लागि सबैभन्दा धेरै दुई लाख ५९ हजार ५९४ जनाले श्रम स्वीकृति लिएका छन्। यो कुल संख्याको ३३।६५ प्रतिशत हो।
अन्य खाडी मुलुकमा भन्दा मलेसियामा काम गर्न स्वतन्त्र भएका कारण पनि नेपाली श्रमिकको पहिलो रोजाइ यो मुलुक परेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए।
२०७८र७९ मा मलेसियाका लागि ३६ हजार ६४४ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए। कोभिडका कारण मलेसियाले आप्रवासी प्रवेशमा कडाई गरेसँगै संख्यामा गिरावट आएको थियो।
२०२२ मेदेखि भने मलेसियाले न्यूनतम पारिश्रमिक बढाएर १५ सय रिंगिट पुर्यायो। यसपछि मलेसियामा नेपालीहरूको आकर्षण बढ्दै गएको महानिर्देशक दाहालले बताए।
कतिपय खाडी मुलुक जानेहरू मलेसियातर्फ मोडिएका कारण पनि संख्या बढेको उनले बताए।
मलेसियापछि नेपाली युवाहरूको दोस्रो प्रमुख गन्तव्य कतार बनेको छ। कतारका लागि एक लाख ३३ हजार २६२ जनाले श्रम स्वीकृति लिएका छन्।
योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा कतारका लागि एक लाख ८४ हजार ९२६ जनाले श्रम स्वीकृति लिएका थिए।
कतारमा विश्वकपताका जानेहरूको संख्या धेरै थियो। पछि कमी आयो। अन्य खाडी मुलुक जाने पनि तुलनात्मक रूपमा कम छन्,ु उनले सेतोपाटीसँग भने।
मलेसियाको भने हावापानी पनि नेपालसँग मिल्दोजुल्दो भएकाले नेपालीहरूको रोजाइमा परेको तर्क उनीहरूको छ।
२०७८र७९ मा संयुक्त अरब इमिरेट्स ९युएई०, साउदी अरब लगायत खाडी मुलुक जानेको संख्या पनि कम छ।
युएईका लागि २०७८र७९ मा एक लाख २२ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका थिए। २०७९र८० मा एक लाख १६ हजार १५९ लिएका छन्।
२०७८र७९ मा साउदीका लागि एक लाख ८८ हजार ६९२ जनाले श्रम स्वीकृति लिएका थिए। २०७९र८० मा एक लाख १२ हजार ७७७ जनाले लिए।
२०७९र८० कुवेत, दक्षिण कोरिया, रोमानिया, जापान, बहराइन, क्रोएसिया लगायत मुलुकमा पनि ठूलो संख्यामा नेपाली श्रमिकहरू पुगेका छन्। यो वर्ष कुवेतका लागि ४३ हजार ५०७, दक्षिण कोरियाका लागि २२ हजार ३३, रोमानियाका लागि १४ हजार २२३ जनाले श्रम स्वीकृति लिएका छन्।
जापानका लागि ९ हजार ६४४, बहराइनका लागि सात हजार ६९०, क्रोएसियाका लागि सात हजार ४४१, माल्टाका लागि ६ हजार ३०३, साइप्रसका लागि पाँच हजार ३१७, ओमानका लागि पाँच हजार २९४, पोल्याण्डका लागि पाँच हजार ११२ र माल्दिभ्सका लागि चार हजार ८६५ जनाले श्रम स्वीकृति लिएका छन्।
पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ।
नेपाली श्रमिकहरू काम, कमाईका हिसाबले राम्रो र सुरक्षित गन्तव्य मुलुकतिर जाने क्रम बढेको महानिर्देशक दाहालको भनाइ छ।
अहिले युरोपमा पनि युवाहरूको आकर्षण बढ्दो छ। कता सुरक्षित तरिकाले राम्रो कमाई गर्न सकिन्छ, त्यतै युवाहरू आकर्षित छन्,ु उनले भने।
विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया जस्ता थुप्रै युरोपेली मुलुकमा युवाहरूको आकर्षण बढ्दो छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि श्रमिकहरूका लागि पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्यको खोजी सरकारले गरिरहेको जनाएको छ।
मन्त्रालयका सहसचिव राजीव पोखरेलले आकर्षक श्रम गन्तव्य मुलुकहरूसँग दुई पक्षीय श्रम सम्झौता गरेर श्रमिक पठाउने तयारी सरकारले गरेको बताए। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले पहल गरिरहेको उनको भनाइ छ।
सरकारले पछिल्लो समय जर्मनी, रोमानिया जस्ता मुलुकहरूसँग श्रम सम्झौताको तयारी गरिरहेको छ। त्यस्तै नेपाली श्रमिक पुगिरहेका तर सम्झौता हुन नसकेका साउदी, कुवेत जस्ता कतिपय मुलुकसँग पनि सम्झौता प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ।
नेपाली युवाहरू रोजगारीका लागि एक सयभन्दा बढी मुलुक पुग्ने गरेका छन्। २०७९र८० मा १४४ मुलुकका लागि श्रम स्वीकृति लिएका छन्।
विभागले आर्थिक वर्ष २०५०र५१ यताको वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्न थालेको छ। त्यसयता तीन दशक अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः गरी ८२ लाखभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन्।
२०५०र५१ अघि पनि युवाहरू कामको खोजीमा विदेश जाने चलन थियो। तर त्यसअघिको तथ्यांक सरकारसँग छैन।