२०७९ आश्विन २५, मंगलवार १३:०३

अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी एक युवती बलात्कार गर्नेए २ जनाला्ई प्रहरीले प्रक्राउ गरेको छ । दशैंको टीका लगाउन भनी असोज २० गते वाणगंगा ७ वनगाइमा बुटवलबाट आउने युइङ्गरम बसी आउँदा युइङ्गरको अन्दाजी २८ वर्षको खलासीले सो युवतीलाई राती भयो तिमी अलपत्र परछ्यो भनी ललाई फकाई आफ्नो मामाघर ४ न. मा २ दिन राखि त्यसको पर्सिपल्ट बुटवल घुमाउन लगेको र बनगाई ल्याई अर्को साथीलाई युवतीको गाउँ अर्घाखाँची पु–याउने जिम्मा लगाएको कुरा सो पिडित युवतीले बताएकी छिन । युइङ्गर खलासीको साथीले मोटरसाईकलबाट पु–याउन जाँदा बीच बाटोमा पुगी बाटो बिग्रेको रहेछ भनि बाटोमा अनैतिक काम गरी पुन बनगाईमा आई मोटरसाईकलमा पेट्रोल सिद्धियो भनि युवतीलाई त्यही छोडेर फरार भएको थियो ।

युवती बनगाई प्रतिक्षालयमा सुतेको अवस्थामा स्थानियले ईलाका प्रहरी कार्यालय पिपरालाई सूचना गरेपश्चात युवतीलाई सोधखोज गरी १ जनालाई २२ गते नियन्त्रण गरेको अर्को अन्दाजी ३२ वर्षकोलाई २३ गते नियन्त्रणमा लिई म्याद थपका लागि अदालत पठाएको र त्यसको अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । यसरी बलात्कारमा संलग्न २ जनालाई पक्रन प्रहरी सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय