२०८० श्रावण ३१, बुधबार ०७:५६


कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्षको हैकम नमान्दा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षकमाथि जनप्रतिनिधिहरु ले नै विभिन्न लाल्छना लगाउन थालेका छन् ।
गाउँपालिकाका अध्यक्ष बलिउद्धिन मुसलमान सहित वडाध्यक्षहरुको टोली गत आईतवार साझ पर्साबाट फर्कदै गर्दा पकडी चौकी अगाडी चेकीङ्गको नाममा १ वर्षिया वालक सहितका महिलाहरुलाई समेत पानी परेको बेला निर्थुक्क भिजेर आएका स्थानियलाई दुव्यवहार गर्दै दु ः ख दिएको भन्दै
त्यहाँ कार्यरत प्रहरी निरिक्षक शिव क्षेत्री लगाएतका सुरक्षा संयन्त्रको घोर भत्सना गर्दै साउन २९ गते सोमबार कार्यपालिकाकै निणर्य भन्दै पालिका भित्र रहेका प्रहरी चौकीको घरभाडा अन्य सेवा सुविधा रोक्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।


यस विषयमा प्रहरी निरिक्षक शिव क्षेत्रीले आईतवार साझपख नियमित चेकजाँच रहेकै अवस्थामा कागजात नभएका ट्राफिक नियम उलङ्गन गरेका केही मोटरसाईकल रोकेको र उनिहरुले नियमन गर्न खोज्दा जनप्रतिनिधिहरुलाई फोन गरेर बोलाएको अवस्थामा उनिहरुले आफ्ना व्यक्ति भएको भन्दै नि ः शर्त छाड्न भनेपछी आफुहरुले अन्य समेत रहेको र चेकजाँच गरेर पठाउने जनाएपछी उनिहरु जनप्रतिनिधिहरुलाई अटेर गरेको भन्दै प्रहरी प्रति आक्रोशित भएको बताएका छन् । उनले प्रहरीलाई लालच्छना लगाए जस्तै पानी समेत नपरेको र महिला वालवालिका समेत नभएको जनाएका छन् ।


यता सोहि ठाउँका स्थानिय दिनेश यादवले जनप्रतिनिधिहरु आफ्ना मान्छे जोगाउन आएको र प्रहरीले जरिवाना लिन खोज्दा वडा नं ३ का वडाध्यक्ष शैलेन्द्र यादवले हस्तक्षेप गरेको बताए । प्रहरीलाई गाली गलौज गर्दै घरभाडा आफुहरुले दिने प्रहरीले नमान्ने भन्दै सवै सुविधा रोक्ने चेतावनी दिदै हिडेको बताए ।
सुरक्षा संयन्त्र नै जोडेर आएको उक्त निणर्यको यतिवेला सर्वत्र आलोचना भएको छ ।

अस्थायी प्रहरी पाेस्ट बिजुवा र इप्रका पकडीकाे ठाडाे उजुरीका लागि प्रयाेग गरिएकाे १ काेठाकाे भाडा मात्र पालिकाले तिर्ने गरि भाडाको भवनमा छ भने अर्को स्थानमा स्थानियले शान्ति सुरक्षाको माग गरेपछी अस्थाई प्रहरी कार्यालयको स्थापना गरिएको छ ।
व्यक्तिगत स्वार्थका लागि जनप्रतिनिधिहरुले पालिकाको सरकारी सेवामा मनपरि निणर्य गर्दा उनिहरुका कार्यशैलिमा प्रश्न चिन्ह समेत खडा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय