बुटवल ।
सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको समर्थनमा विहिबार दिउँसो उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । रास्वपाका कार्यकर्ताहरुले मोटर साइकल र्यालीगर्दै बुटवल बजार परिक्रमा गरी भैरहवा पुगेका छन् ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधबार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहिबार पुनः बयानका लागि जिल्ला सरकार वकिलको कार्यलय उपस्थित गराइएको छ ।
रवि निर्दोष रहेको भन्दै रास्वपका कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजि गर्दै भैरहवा पुगेका हुन् । उक्त पार्टीका एक नेताले दिएको जानकारी अनुसार रविको बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ । पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यलयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र विहिबार पनि झन्डै १५ प्रश्न सोधिने अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।