२०८२ बैशाख २७, शनिबार १०:४३

जापान। टोकियो मेट्रोको तोउदाइमाए स्टेशनमा भएको छुरा आक्रमणको घटनामा एक नेपाली युवाले देखाएको साहसको जापानभर चर्चा भइरहेको छ। टोकियो मेट्रोको नान्बोकु सेनमा चलिरहेको ट्रेनमा एकजना ४३ वर्षीय जापानी पुरुषले २० वर्ष उमेर समूहका विश्वविद्यालय विद्यार्थीमाथि धारिलो हतियारले आक्रमण गरि घाईते बनाइ अन्य यात्रुहरूको ज्यान समेत जोखिममा परिरहेको अवस्थामा ३४ वर्षीय एक नेपाली युवाले ती आक्रमणकारीलाई बहादुरीका साथ नियन्त्रणमा लिएको बताईको छ। सो क्रममा ति नेपाली युवाको हातको औँलामा सामान्य चोट समेत लागेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएको विवरण अनुसार, आक्रमणकारीले बिनाकारण छुरा प्रहार गर्दै अन्य यात्रुहरूलाई समेत आतंकित बनाइरहेका थिए। यति गम्भीर र अप्रत्याशित परिस्थितिमा नेपाली युवाले डर नमानिकन आक्रमणकारीमाथि नियन्त्रण गर्दै सम्भावित ठूलो दुर्घटनाबाट यात्रुहरूको ज्यान जोगाएका हुन्।

यद्यपी,जापानमा नेपाली नागरिले गरेको यो साहसिक काम पहिलो घटना भने होइन। यस अघि पनि जापानमा रहेका नेपालीले साहसिक कार्यमार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएका छन्।
झण्डै एक दशकअघि टोकियोमा ट्रेनको लिगमा खसेका एकजना जापानी नागरिकको ज्यान बचाएका नेपाली युवा अनुजराज क्षेत्री ले तत्कालीन जापानी प्रधानमन्त्रीबाट प्रशंसा पत्र समेत प्राप्त गरेका थिए।
त्यस्तै, जापानभर विभिन्न कन्विनिएंस स्टोरहरूमा कार्यरत नेपाली नागरिकहरूले ग्राहकलाई ठगीबाट जोगाएका, हराएको सामान फिर्ता गरेका र आपतकालीन परिस्थितिमा सजग भूमिका निभाएका थुप्रै उदाहरणहरू छन्। यस्ता कार्यका कारण नेपालीहरू जापानी समाजमा “ईमानदार र विश्वसनीय”नागरिकका रूपमा चिनिँदै आएका छन्।

तोदानोमाए स्टेशनको यो पछिल्लो घटनाले फेरि एकपटक प्रमाणित गरिदिएको छ — नेपाली युवा जहाँ पुगे पनि आफूले बुझेको देश, समाज र मानवता प्रतिको कर्तव्यमा सधैं अगाडि रहन्छन्।
यस पटक उक्त ट्रेनमा त्यो साहस देखाउने नेपाली नागरिकको परिचय भने खुलाईएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु